ओएमजी-२ मा शिव बने अक्षय, छैनन् परेश रावल

ओएमजी-२ मा शिव बने अक्षय, छैनन् परेश रावल

काठमाडौँ : भारतीय अभिनेता अक्षय कुमारले सफल फिल्म ओ माई गडको सिक्वेल ओएमजी-२ को पोस्टरसँगै रिलिज डेट समेत सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमा पोस्टरसँगै अगस्ट ११ मा फिल्म रिलिज हुने मिति समेत सार्वजनिक गरेका हुन्। फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी, यमी गौतम लगायतको अभिनय रहेको छ।

फिल्मको सिक्वेलमा परेश रावल भने छैनन्। पहिलो फिल्म सफल हुनुमा रावलको अभिनयको महत्त्वपूर्ण भूमिका थियो। सिक्वेलमा अक्षय आफैँ महादेव बनेको पोस्टरमा देखिन्छ।

२६ जेठ, २०८०, २१:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।