सरकार छाड्नु परे छाड्ने तर बजेट यथास्थितिमा पास हुन नदिने नेपालको चेतावनी
काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्टाइएको भन्दै यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन्।
पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै उनले आफूहरू सत्ता पक्षकै भए पनि पक्षपातपूर्ण भएकाले बजेट जस्ताको त्यस्तो पारित हुन नदिने बताए।
उनले बजेट पक्षपातपूर्ण रहेको बताए। उनले बरु सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने बताएका थिए।
‘सरकार छोड्नुपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने।
२६ जेठ, २०८०, १२:५०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।