७ अंकले बढ्यो नेप्से, व्यापार समूहमा मात्रै साढे ५ प्रतिशतले वृद्धि

७ अंकले बढ्यो नेप्से, व्यापार समूहमा मात्रै साढे ५ प्रतिशतले वृद्धि

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन सेयर बजार बढेको छ।

बिहीबार नेप्से परिसूचक ७ अंकले बडेर १९३९ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक १ अंकले घटेर ३६४ विन्दुमा झरेको छ।

कारोबार सूचकहरू बैंक, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन घट्दा अन्य समूहहरु बढेका छन्। सबैभन्दा बढी व्यापार समूह ५.५८ प्रतिशतले उकालो लागेको छ।

बजार बढ्दा त्यसको प्रभाव कारोबार रकममा पनि परेको छ। यसदिन २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३० करोड ५८ लाख भन्दा बढीको कारोबार भयो।

यसदिन डोल्टी पावर कम्पनी र भुगोल इनर्जीमा सकारात्मक सर्किट लाग्दा कारोबारको हिसाबले सबैभन्दा ठूलो कम्पनी आईजीआई प्रुड्युन्सियल इन्स्योरेन्स बन्यो। यसले १० करोडको कारोबार गर्यो।

कारोबारको हिसाबले दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९ करोड ६३ लाख, तेस्रोमा रहेको शिवम् सिमेन्टले ८ करोड ७० लाखको कारोबार गर्यो।

यसदिन ९३ कम्पनी नाफामा जाँदा ११४ कम्पनी घाटामा गए भने १३ कम्पनी स्थिर रहे।

२५ जेठ, २०८०, १५:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।