मधेस प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

मधेस प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष पुस २९ गते गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

२३ जेठ, २०८०, ०८:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।