अञ्जुको ‘एक चिम्टी सिन्दुर’ मा बले,अञ्जली र समीक्षा

अञ्जुको ‘एक चिम्टी सिन्दुर’ मा बले,अञ्जली र समीक्षा

काठमाडौंः गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘एक चिम्टी सिन्दुर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतलाई सबिता पोखरेलले लेखेकी हुन् भने संगीत सरोज कोइरालाको छ। गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् भने मिक्सिङ विप्लव अधिकारीको छ। 

सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल ‘बले’, अञ्जली अधिकारी र समीक्षा क्षत्रीको अभिनय छ। उनीहरूलाई त्रिकोणात्मक प्रेम कथामा जोडिएको छ।  

गीतमा माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दुर’को महत्व र अभावलाई झल्काइएको छ।

गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नवीन उप्रेतीको छ। भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। 

२१ जेठ, २०८०, २१:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।