अत्यधिक गर्मी बढेपछि बन्द हुन थाले रुपन्देहीका विद्यालय

अत्यधिक गर्मी बढेपछि बन्द हुन थाले रुपन्देहीका विद्यालय

बुटवल : अत्यधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन्।

तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ।

नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक विदाबाट समायोजन हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको हो।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाले भने भोलिदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई विदा दिने भएको छ।

विगत केही दिनदेखि तापक्रम बृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले विदा गरिएको सूचनामा उल्लेख छ।

२१ जेठ, २०८०, १४:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।