जनकपुरका विद्यालय ८ दिन बन्द

जनकपुरका विद्यालय ८ दिन बन्द

काठमाडौं : जनकपुर उपमहानगरपालिकाले ८ दिन विद्यालय बन्द गर्ने भएको छ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै उपमहानगरपालिकाले शुक्रबारदेखि आगामी शुक्रबारसम्म बिदा दिएको हो।

अहिले दिइएको बिदा बर्षे बिदाबाट कट्टा हुनेसमेत उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिद्वार जारी सूचनामा उल्लेख छ।

जनकपुरमा अहिले दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुने गरेको छ। शुक्रबार त्यहाँको तापक्र ४०.४ डिग्री मापन गरिएको थियो।

१९ जेठ, २०८०, १९:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।