पाँच वर्षपछि फिल्ममा फर्किइन् नम्रता

पाँच वर्षपछि फिल्ममा फर्किइन् नम्रता

काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठ पाँच वर्षपछि फिल्ममा फर्किएकी छन्।

श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को शुक्रबारबाट बर्दियामा छायांकन सुरु गरिएको छ।

अभिनेत्री श्रेष्ठले पाँच वर्षअघि फिल्म ‘प्रसाद’मा अभिनय गरेकी थिइन्।

केहि फिल्मको स्टोरी सुन्दै चित्त नबुझेर छाड्दै गरेको बताउँदै आएकी उनले फिल्म ‘ह्यासट्याग’को कथा मन पराएकी छन्।

थ्रिलर विधामा निर्माण हुने फिल्ममा नम्रताको अलवा सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतले पनि अभिनय गर्दैछन्।

४५ दिनको सेड्युलसहित फिल्मको छायांकन थालिएको फिल्मलाई राजीव गुरुङले निर्देशन गर्दैछन्। निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन छ।

१९ जेठ, २०८०, १८:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।