सविरको म्युजिक भिडियोमा एकसाथ देखिए पुष्प र नम्रता

सविरको म्युजिक भिडियोमा एकसाथ देखिए पुष्प र नम्रता

काठमाडौं : फिल्म निर्देशक सविर श्रेष्ठको ‘लैजाउ माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा गायिका मेलिना राई र किरण भुजेलको स्वर छ। गीतमा सुवास भुसालको संगीत र सन्दिप डाँगीको शब्द छ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री नम्रता सापकोटा फिचर्ड छन्। पछिल्लो समय अभिनेता खड्का फिल्मभन्दा बढी म्युजिक भिडियोमा नाच्दै आएका छन्।

यता नम्रता सापकोटा अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ।

३० जना कोरसले नाचेका भिडियोमा शुभम् भुजेलको कोरियाग्राफी, ईश्वर सिन्केमनाको छायांकन र भुपेन्द्र अधिकारीले सम्पादन छ।

१९ जेठ, २०८०, १८:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।