सांसद्लाई ५ करोड दिने बजेटको प्रस्ताव खारेज गर्न संकल्प प्रस्ताव दर्ता

सांसद्लाई ५ करोड दिने बजेटको प्रस्ताव खारेज गर्न संकल्प प्रस्ताव दर्ता

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत सांसद्लाई पाँच करोड रुपैयाँको अधिकार दिने व्यवस्था खारेज गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका १० सांसद्ले संकल्प प्रस्ताव दर्ता गराएका छन्।

बिहीबार संघीय संसद्को कार्यालय सिंहदरबारमा पुगेर १० सांसद्ले संकल्प प्रस्ताव दर्ता गराएका हुन्। देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेको अवस्थामा व्यक्तिकेन्द्रीत बजेट विनियोजनले व्यक्तिपुजन संस्कृतिलाई प्रोत्साहन दिने तर्क उनीहरूको छ।

१८ जेठ, २०८०, १९:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।