एमाले महासचिवको आरोपः भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेरै सहमति जनायो

एमाले महासचिवको आरोपः भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेरै सहमति जनायो
फाइल तस्वीर

नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण असफल भएको तर्क गरेका छन्। 

सामाजिक सञ्जालबाट महासचिव पोखरेलले नेपालको चाहनाको खासै सम्बोधन हुन नसकेको तर भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएको आरोप लगाएका छन्। 

'तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता !' उनले लेखेका छन्। 

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा छन्। हिजो उनी त्यसतर्फ गएका हुन्। आज भारतीय समकक्षीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले केही महत्वपूर्ण सम्झौताहरू गरेका छन्। 

१८ जेठ, २०८०, १६:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।