‘युग नायिका’ घोषित विपना थापामाथि रविन्द्रको व्यङ्ग्य : उपाधि र सेवा सुविधा केही पनि छोड्नु हुन्न है!

‘युग नायिका’ घोषित विपना थापामाथि रविन्द्रको व्यङ्ग्य : उपाधि र सेवा सुविधा केही पनि छोड्नु हुन्न है!

काठमाडौं : फिल्म निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले कलाकारले उपाधि र सेवा सुविधा केही पनि छोड्नु हुन्न है भन्दै व्यङ्ग्य गरेका छन्। 

अभिनेत्री विपना थापालाई दिइएको ‘युग नायिका’ को उपाधि र चलचित्रकर्मीलाई विमानस्थलमा भीआईपी कक्षमा परिचय पत्रका आधारमा बस्न पाउनुपर्ने मागको विषयमा उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन्।

बानियाँ आफूलाई चित्त नबुझेको कुरा ओकलि हाल्छन्। शनिबार स्पर्श म्युजिक अवार्डको अवसर पारेर अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको थियो।

त्यसैको अघिल्लो दिन नेपाल चलचित्र कलाकार संघले विभिन्न माग राख्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए। 

उनीहरुले नेपाल चलचित्र कलाकार संघको परिचय पत्र वाहक कलाकारहरुलाई सिंहदरबार लगाएका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरेको थियो भने चलचित्रकर्मीलाई विमानस्थलमा भीआईपी कक्षमा परिचय पत्रका आधारमा बस्न पाउनुपर्ने लगायतका माग राखेका थिए। 

उनले यि दुवै समाचारको स्क्रिनसट राख्दै उनले कलाकारले उपाधि र सेवा सुविधा केही पनि छोड्नु हुन्न है भन्दै व्यङ्ग्य गरेका छन्।

‘उपाधि र सेवा सुविधा केही छोड्न हुन्न है! हामी त देशको गहना पो त! तर गहना चाही के को पो पर्नु भो? आत्ममूल्यांकन गरौ! सुन, हिरा कि पित्तल,’ उनले लेखेका छन्, ‘तर अहिले यी सुन भन्दा कम छैन हराएमा डर छैन वाला गहनाभन्दा कुटो, कोदालो, घन, गलको आवश्यकता छ भन्छन् त!’

थुप्रै फिल्ममा अभिनय गरिसकेका रवीन्द्र अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’को निर्माता तथा कलाकार हुन।

१६ जेठ, २०८०, १३:१५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।