चेन्नेईको आइपिएल यात्रा : दुई वर्ष निलम्बित हुँदा पनि पाँच पटक भयो च्याम्पियन

चेन्नेईको आइपिएल यात्रा : दुई वर्ष निलम्बित हुँदा पनि पाँच पटक भयो च्याम्पियन

काठमाडौँ : इन्डियन प्रिमियर लिगको १६ औँ सिजन जितेसँगै चेन्नेई सुपर किङग्स पाँचौँ पटक विजेता बनेको छ। सोमबारको फाइनल्समा गुजरातलाई रोमाञ्चक प्रतिस्पर्धामा पाँच विकेटले हराएर चेन्नेई पाँचौँ पटक विजेता बन्यो।

चेन्नेईको जितसँगै मुम्बई इन्डियन्ससँग जित बराबर भएको छ।

चेन्नेईले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो। सन् २०११ मा कायम राख्यो। सन् २०१६ र २०१७ मा निलम्बित भयो टिम नै।

सन् २०१८ मा तेस्रो पटक उपाधि उचाल्यो। २०२१ मा चौथो टाइटल जितेको टिमले २०२२ मा उपाधि जोगाउन सकेन। २०२३ मा पाँचौँ पटक टाइटल जितेर रेकर्ड राख्यो। 

सोमबारको प्रतियोगिता जितेको भए गुजरातका लागि पहिलो उपाधि हुने थियो। पहिलो ब्याटिङमा आइपिएलको फाइनलमा अहिलेसम्मको उच्च स्कोर बनाएको पनि हो। तर सफल भएनन्। 

१५ जेठ, २०८०, ०२:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।