धोनी शून्य रनमा आउट हुँदा जडेजाले ब्याट सम्हाले र रोचक खेल खेल्दै चेन्नेईलाई उपाधि दिलाए

धोनी शून्य रनमा आउट हुँदा जडेजाले ब्याट सम्हाले र रोचक खेल खेल्दै चेन्नेईलाई उपाधि दिलाए

काठमाडौँ : धोनी एकै बलमा आउट भए पनि चेन्नेई सुपर किङग्सका ब्याट्सम्यानहरुले खेल जित नजिकै लगिरहेकै थिए। तर अन्तिम ओभरमा दुई बल बाकी रहँदा रन चाहिएको थियो १०।

असम्भव त हैन। तर त्यति सहज पनि हैन। एक बल मात्र गुमेका पनि इन्डियन प्रिमियर लिगको विजेताबाट चुक्ने निश्चित थियो।

क्रिजमा थिए रवीन्द्रसिंह जडेजा। पहिलो बलमा घुमाएर दिए। छक्का। एक बलमा चार रन। सबैको धड्कन बढ्ने नै भयो

धोनी आँखा बन्द गरेर बसे। चेन्नेईका फ्यान फिङगर क्रस गरेर बसे। ट्वाक्क बल ब्याटमा लागेको आवाजसँगै बल गुडेर मैदान बाहिर। चौका।

असम्भव बनिसकेको प्रतियोगिता पाँच विकेटले जित्दै आइपिएलको १६ औँ सिजनको विजेता बन्यो चेन्नेई सुपर किग्स। गुजरातले राम्रो खेल खेलेको थियो। तर खेलको नतिजामा भाग्य पनि जोडिन्छ कहिलेकाहीँ।

आइपिएलको १६ औँ संस्करणमा धोनी र जडेजाको खेलसँगै भाग्य पनि बलियो भइदियो। 

पानी पर्दा १५ ओवर अनी एक सय ७१ रनको टार्गेट पुरा भयो।

१५ जेठ, २०८०, ०२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।