रेसमको रिहाइमा रिसाए गगन, यो राजाको शासन हैन भन्दै दिए चेतावनी

रेसमको रिहाइमा रिसाए गगन, यो राजाको शासन हैन भन्दै दिए चेतावनी

काठमाडौँ : सुरक्षाकर्मी र नाबालक मारिएको टिकापुर घटनाको मुख्य योजनाकार प्रमाणित भएका रेसम चौधरीको बाँकी सजाय माफी दिएपछि काँग्रेस महामन्त्री गगन थापा रिसाएका छन्।

काँग्रेस समर्थनमा बनेको माओवादी केन्द्रको नेतृत्वको सरकारको निर्णय सदर गर्दै काँग्रेसबाट राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले चौधरीको बाँकी सजाय माफ गरेपछि उनी सोमबार बिदाको दिन रिहा भए।

कार्यालय समय अगावै प्रशासनले रेसमलाई कारागार मुक्त गर्दै करिब १४ वर्षको जेल सजाय माफ गरेको थियो।

सोमबार ललितपुरको एक कार्यक्रममा बोल्दै उनले चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिचाइँ गरेको भन्दै आलोचना गरेका थिए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताएका थिए।

'सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन। यो गणतन्त्र हो। गणतन्त्रमा कानुन मात्रै चल्छ।कानुनको शासन मात्रै हुन्छ।’

१५ जेठ, २०८०, १५:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।