‘चौका दाउ’पछि नयाँ फिल्म बनाउँदै शम्भुजित, कलाकारको खोजी

‘चौका दाउ’पछि नयाँ फिल्म बनाउँदै शम्भुजित, कलाकारको खोजी

काठमाडौँः कुनै समयमा चर्चित संगीतकार शम्भुजित बास्कोटा यतिबेला फुर्सदिला छन्।

फुर्सदिला बनेका बास्कोटाको काम विभिन्न कार्यक्रममा सम्मान दिने र लिनेमा नै समय बितिरहेको छ। पछिल्ला समय उनका नयाँ सिर्जना स्रोताले खासै सुन्न पाएका छैनन्। यही खाली समयको सदुपयोग गर्दै उनी नयाँ फिल्म निर्माणमा जुटेका छन्। 

शम्भुजित अहिले फिल्म बनाउने सोचमा छन्। ‘केही दिनपछि यसबारे सम्पूर्ण जानकारी दिनेछौँ,’ उनले भने। 

फिल्मका कलाकार तथा फिल्मको नाम भन्न नचाहेका उनले केही दिनपछि सार्वजनिक गर्ने बताए। 

उनले फिल्मका सबै कुरा नभने पनि अब बन्ने आफ्नो फिल्म सामाजिक विषयवस्तुमा आधारित रहेको भने उकेरासँग बताए।

फिल्मलाई परिच्छेद सेन र पुरुषोत्तम ढुंगेलले मिलेर लेखेका उनले जानकारी दिए। चलचित्र विकास बोर्डमा समेत दर्ता गराइसकेको उनले बताए। 

यद्यपि फिल्मको नाम ‘टासिदेले’ रहको उनीनिकट जानकारहरूले बताउने गरेका छन्। 

बास्कोटाका अनुसार फिल्मका लागि कलाकार छनोट हुने क्रममा छन्। यस फिल्मलाई कसले निर्देशन भन्ने कुरा पनि उनले अहिलेलाई गोप्य राख्न चाहेको बताए। 

संगीतकार बास्कोटाले पाँच वर्षअघि फिल्म ‘चौका दाउ’ निर्माण गरेका थिए। उनको यो फिल्म हलमा फ्लप भएको थियो। अहिले यो फिल्म युट्युबमा सार्वजनिक गरिएको छ। 

१५ जेठ, २०८०, १५:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।