शहरी योजनामा डिग्री गरिन् श्रृंखलाले

शहरी योजनामा डिग्री गरिन् श्रृंखलाले

काठमाडौं : पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले स्नातकोत्तर गरेकी छन्।

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट उनले शहरी विकास विषयमा स्नातकोत्तर गरेकी हुन्।

‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा डिग्री हासिल गरेँ,’ दीक्षित समारोहको फोटो सेयर गर्दै उनले  इन्स्टाग्राममा लेखेकी छन्, ‘अब तपाईंहरूले मलाई आर्किटेक्ट र शहरी योजनाकार भन्न सक्नुहुन्छ।’

खतिवडा २०१८ की मिस नेपाल विजेता हुन्।

१५ जेठ, २०८०, १४:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।