अम्बाती रायुडुद्वारा सन्यासको घोषणा, आजको आईपीएल फाइनल अन्तिम खेल

अम्बाती रायुडुद्वारा सन्यासको घोषणा, आजको आईपीएल फाइनल अन्तिम खेल

काठमाडौं : भारतीय क्रिकेटर अम्बाती रायुडुले सन्यासको घोषणा गरेका छन्।

३७ वर्षीय रायुडुले आइतबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै आईपीएलको फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका छन्।

उनले लेखेका छन्, ‘आज रातिको फाइनल खेल मेरो आईपीएलको अन्तिम खेल हुनेछ। यो महान प्रतियोगितामा खेल्न पाउँदा रमाइलो लाग्यो। सबैलाई धन्यवाद।’

रायुडुले चेन्नई सुपर किंग्सका लागि १४ सिजनमा २०४ खेल खेलेका छन्। जसमध्ये ११ प्ले अफ, आठ फाइनल खेल्दै उनको टिम चेन्नईले पाँच् ट्रफीसमेत हात पारेको थियो।

यसअघि इङ्ल्यान्ड भएको सन् २०१९ को विश्वकपमा टिममा नपरेपछि रायुडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। त्यतिबेला उनको उमेर ३३ वर्ष थियो।

१४ जेठ, २०८०, १९:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।