गायीका समीक्षाको प्रश्न ‘मेरो कुरा काट्नेको मन रुँदैन कि!’

गायीका समीक्षाको प्रश्न ‘मेरो कुरा काट्नेको मन रुँदैन कि!’

काठमाडौं : केही समयको विश्रामपछि गायिका समीक्षा अधिकारी नयाँ गीतसहित आएकी छिन्। पशुपति शर्माको रचना र संगीतमा उनले ‘आफ्नो आफ्नो दुःख’ नामको गीत गाएकी हुन्।

गीत शर्माकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ। हरेकको  जीवनमा फरक–फरक दुःख कष्ट हुने अनि त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गीतको फिमेल भर्सन उनले गाएकी हुन्।

गीतमा उनी भन्छिन्, ‘मेरो कुरा काट्नेको मन रुँदैन कि, तिम्रो पिर, मेरो पिर एकै हुँदैन कि।’

सामान्य चौतारामा बसेर म्युजिक भिडियो बनाइएको गीत चार लाख बढि दर्शकले हेरिसकेका छन्।

गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्। दुर्गा पौडेलको निर्देशनमा गीतमा भिडियो बनाइएको हो। भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन्।

गायिका अधिकारी हालै अष्ट्रेलियाबाट नेपाल फर्किएकी थिइन्। नेपाल फर्किए लगत्तै उनी संगीत क्षेत्रमा सक्रिय भएकी हुन्। यस अगाडि उनले गाएका गीतहरू चर्चित भइसकेका छन्।

१४ जेठ, २०८०, १०:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।