अदितिको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने

अदितिको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने

काठमाडौं : अभिनेत्री अदिति बुढाथोकीको ‘म्युजिक वेब सिरिज’ अमेजन प्राइममा आउने भएको छ। नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय रहेकी अदितिले नयाँ वेब सिरिज ल्याउन लागेकी हुन्। 

नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितिले सिजन १ देखी सिजन ३ सम्म काम गर्ने जानकारी दिएकी छन्।

अमेजन प्राइमबाट रिलिज हुने यो वेब सिरिजको सिनेमाटोग्राफर बिनोद प्रधान हुन्। अहिले अदिति वेब सिरिजको सुटिङमा व्यस्त रहेकी छन्। 

अदिति आफैंले निर्माण गरेको पछिल्लो नेपाली फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको थियो। उनको डेब्यु फिल्म ‘कृ’ हो। 
उनी भारतीय टीभी रियालिटी शो ‘बिगबोस’ फेम्ड प्रतीक सेजपालसँग समेत म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

१३ जेठ, २०८०, २१:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।