के शाहरुख खानको 'जवान'मा अल्लु अर्जुन पनि छन् ?

के शाहरुख खानको 'जवान'मा अल्लु अर्जुन पनि छन् ?

बलिउड सुपरस्टार शाहरूख खानको आगामी फिल्म जवान २०२३ सेप्टेम्बर २८ मा रिलिज हुँदै छ।

यो फिल्म यस वर्षको सबैभन्दा ठूलो फिल्ममध्ये एक हुने बताइएको छ।

विशेषगरी एक्सनप्रधान बनाइएको फिल्मका निर्देशक एट्ली कुमार हुन्। एट्लीले ‘बिगिल’ र ‘मेर्सल’ जस्ता ब्लकबस्टर फिल्म बनाएका छन्। 

यसैबीच फिल्ममा दक्षिण भारतीय स्टार अल्लु अर्जुन पनि रहेका चर्चा चलेको थियो। तर यस फिल्ममा अल्लु नहुने ​​​​​​भारतीय फिल्मी पत्रिका बलिउड हंगामाले लेखेको छ। 

अल्लुले फिल्ममा केमियो भूमिका गर्ने दाबी गरिए पनि त्यो सत्य नभएको समाचारमा जनाइएको छ। अल्लुले गोप्य रूपमा आफ्नो पार्टको सुटिङ सकिसकेका सम्म खबरहरू प्राप्त भएका थिए। 

तर ती सबैलाई खण्डन गर्दै बलिउड हंगामाले यो सबै असत्य रहेको दाबी गरेको हो। 

१३ जेठ, २०८०, १९:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।