मलेसियासँग पाँच खेल खेल्न महिला क्रिकेट टोली घोषणा, तीन नयाँ अनुहार
![मलेसियासँग पाँच खेल खेल्न महिला क्रिकेट टोली घोषणा, तीन नयाँ अनुहार](https://ukeraa.prixacdn.net/media/albums/cricket-mahila_WvYJ94wc4J.jpg )
फाइल तस्बिर
काठमाडौं : मलेसियासँगको श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरिएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको ५ खेलको टी–२० शृंखलाका लागि अन्तिम १४ जनाको टिम घोषणा गरेको हो।
सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुवार समावेश गरेका छन्।
सम्झना खड्का, कृतिका मरासिनी र इश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।
मे २९ देखि जुन ४ सम्म हुने शृंखलाको पहिलो खेल नेपालले मे २९ मा खेल्नेछ।
जेठ ११, २०८० बिहीबार २१:१९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।