आईजीपी कुँवरलाई निलम्बन गरेर छानबिन गर्न सांसद ज्ञानेन्द्र शाहीको माग

आईजीपी कुँवरलाई निलम्बन गरेर छानबिन गर्न सांसद ज्ञानेन्द्र शाहीको माग
फाइल तस्वीर

काठमाडौँः राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी कुँवर पनि संलग्न भएको सञ्चारमाध्यममा समाचार आएपछि सांसद शाहीले यस्तो माग गरेका हुन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा शाहीले भने, ‘नेपाल प्रहरीका आईजीपीविरुद्ध पनि पत्रपत्रिकामा आएको छ। एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’

तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटिरहनुले पनि यो प्रकरणको मुद्दा कमजोर हुन सक्ने उनको भनाइ थियो। 

‘नाम पत्रिकामा भकाभक आइराखेको छ। तीन दल बसेर खुसुखुसु गर्नुहुन्छ । यसो बालुवाटारतिर लुकी लुकी त्यो गरेपछिमुद्दा कमजार हुँदै जान्छ,नेताहरूका नाम पनि आइराखया छ। तिनीहरूको के गर्ने ? उम्काइदिने ?’

१० जेठ, २०८०, १५:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।