ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालय तहमै दिइनुपर्छः सांसद चन्द्र भण्डारी

ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालय तहमै दिइनुपर्छः सांसद चन्द्र भण्डारी

काठमाडौँः सांसद चन्द्र भण्डारीले खाना पकाउने ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालय पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन्।

आफ्नै घरमा ग्यास सिलिण्डर विष्फोटमा परी घाइते भएका कांग्रेस सांसद भण्डारी भारतमा लामो समय उपाचार पछि नेपाल फर्किएका हुन्। घाइते भएर लामो समय संसद बैठकमा उपस्थित हुन नसकेका उनले बुधबार भने संसद बैठकमा सहभागी भए। 

गएको पुस ३ गते उनीसहित उनकी आमा सिलिण्डर विष्फोटमा परेका थिए। उनकी आमाको भने उक्त दुर्घटनामा परेर निधन भएको थियो। 

बुधबार संसदमा उनले अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नी आमासहित १११ जनाको आगलागीमा परी मृत्यु भएको भन्दै उनले यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उनले जलनमा परेर घाइतेमध्ये विगत तीन वर्षमा तीन जना मात्र भेन्टिलेटरमा पुगेर बाँचेका जानकारी दिए।

उनले संसदमै आफ्नो जीवन रक्षाका लागि उपचार गर्ने सबैलाई धन्यवाद दिए। 

१० जेठ, २०८०, १५:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।