नीति तथा कार्यक्रमलाई एक्स्ट्रिम विरोध र समर्थन गर्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री दाहाल

नीति तथा कार्यक्रमलाई एक्स्ट्रिम विरोध र समर्थन गर्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम सामुहिक रुपमा निर्माण गरेको दाबी गरेका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधाानमन्त्री दाहालले अहिले सत्तापक्ष र प्रतिपक्षमा भए पनि नीति तथा कार्यक्रम सामुहिक रुपमा निर्माण गरेको बताएका हुन्।

उनले भने, ‘हामीले साझा नीति तथा कार्यक्रम सामुहिक रुपमा निर्माण गर्यौं, त्यसकै जगमा रहेको सरकारको नीति तथा कार्यक्रम निर्माण गरेकाले एस्ट्रिममा गएर विरोध र समर्थन गर्नुपर्ने अवस्था छैन।’

हिजो सत्तापक्षमा रहेका र आज सत्ता पक्षमा रहेकाहरूको धारणालाई नीति तथा कार्यक्रममा समेटिएको उनले दाबी गरे। नेपालको इतिहसमा ९९.२५ प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री नेपालमै पहिलोपटक भएको भन्दै स्मरण गराए।

‘शत प्रतिशत प्रतिनिधिसभाका सदस्यहरुले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ म। अहिले त्यहि कार्यक्रमलाई निरन्तरता दिने उही मान्छे प्रधानमन्त्री,’ उनले थपे, ‘पहिलोपटक सदनमा प्रधानमन्त्रीको तर्फबाट आफ्नो धारणा राख्दा अहिलेका प्रतिपक्षी दलका नेताले हिस्टोरिक र एक्सिलेन्स भनेको मान्छे मै हुँ।’

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमार्फत सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए।

९ जेठ, २०८०, १४:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।