लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। चौधरीले आज क्याबिनेटमा तीन जना नयाँ मन्त्री थप्दै मन्त्रिपरिषद् सात सदस्यीय बनाएका हुन्।

जसअनुसार कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाका भण्डारीलाल अहिर कृषिमन्त्री नियुक्त भएका छन्।

त्यसैगरी आजै​​​​​​​ दुई जना विना विभागीय मन्त्रीलाई पनि जिम्मेवारी तोकिएको छ। जसमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार र लोसपाका सन्तोषकुमार पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण आजै ४ बजे हुने बताइएको छ।

८ जेठ, २०८०, १२:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।