भुटानी शरणार्थी प्रकरण : आज अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइँदै

भुटानी शरणार्थी प्रकरण : आज अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइँदै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाइँदैछ।

जिल्ला प्रहरी कार्यालयले यस प्रकरणमा पक्राउ परेका र संलग्न रहेका माथि गरिएको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो।

यसअघि हिजो (आइतबार) नै प्रतिवेदन बुझाउने बताइए पनि जिल्ला प्रहरी परिसरले तयारी नपुगेको भन्दै नबुझाउने निर्णय गरेको थियो।

त्यसैले प्रहरीले आज यस प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। करिब दुई महिनाभन्दा लामो अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यस प्रकरणमा हालसम्म कम्तीमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ। जसले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रकमको चलखेल गरेका थिए।

जसमध्ये पक्राउ परेका १६ जना हिरासतमा छन् भने थप १६ जनालाई फरार प्रतिवादीका रुपमा राखिएको छ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन्।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकसहित अन्य अझै फरार रहेका छन्।

८ जेठ, २०८०, ०८:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।