ओलीको दाबीः एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माण ध्वस्त भयो

ओलीको दाबीः एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माण ध्वस्त भयो

एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले आफू सरकारबाट बाहिरिएपछि विकास निर्माणका कार्य ध्वस्त भएको बताएका छन्। 

आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि ओलीले सरकार असफल भएको समेत दाबी गरे।

८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राखे पनि दुई प्रतिशत पनि नपुगेको उनको भनाइ थियो। सरकारले शान्ति सुरक्षासमेत सरकारले दिन नसकेको उनले बताए। 

‘एमालेलाई सरकारबाट विस्थापन गरेदेखि नै देशमा आर्थिक संकट आएको छ। हाम्रो सरकारको विस्थापन गर्नु नै अर्थतन्त्रलाई संकटमा पुर्याउनुको कारण हो’, ओलीले भने, ‘अर्थतन्त्रलाई ध्वस्त पार्न, देशलाई ओरालोतिर लान यो सरकार आएको हो ? यो सरकार दुःखको कारण भएको छ।’

विकास निर्माण दल विशेषको नहुने, जनताका लागि हुने भन्दै उनले यो नीति तथा कार्यक्रम समग्र जनताको साझा दस्तावेज हुनै नसक्ने दाबी गरे। 

सरकारले मुलुकलाई अस्थिर बनाएको र राजनीतिक वितृष्णा बनाएको पनि उनले आरोप लगाए। 

७ जेठ, २०८०, १३:५१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।