ओलीको प्रश्नः ओम्नी काण्ड छानबिन गर्न कसले रोकेको हो ?

ओलीको प्रश्नः ओम्नी काण्ड छानबिन गर्न कसले रोकेको हो ?

काठमाडौँः प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पालामा भएको भनिएको ओम्नी काण्ड छानबिन गर्न कसले रोकेको हो भन्दै संसदमा प्रश्न उठाएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भ्रष्टाचार, अनियमितता छानबिनमा सरकारले इच्छा शक्ति नदेखाएको आरोप लगाए। 

उनले भने, ‘एकपल्ट इच्छाशसक्ति देखाऊँ, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौं, तर, यो सरकारले कहाँसम्म भने, प्रस्तावित नीतिका १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेमाथि छानिबन गर्ने विषय समावेश गर्नसम्म सकेको छैन।’

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरणलगायतका विषयमा अनुसन्धान गर्न सरलाई कसले रोकेको हो भन्दै प्रश्न गरे। 

वनको नीतिको नाममा सालघारी सखाप पार्न लागिएको भन्दै त्यो रोक्न पनि सरकारले किन नसकेको भन्दै प्रश्न गरे। 

 

७ जेठ, २०८०, १३:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।