आइपिएल-१६ को उपहार : विस्फोटक ब्याट्सम्यान रिंकु सिंह

आइपिएल-१६ को उपहार : विस्फोटक ब्याट्सम्यान रिंकु सिंह

काठमाडौँ : इन्डियन प्रमियर लिगको १६ औँ सिजनमा कोलकाता नाइट राइडर्समार्फत नयाँ विस्फोटक ब्याट्सम्यानको करिअर सुरु भयो। उनी हुन् रिंकु सिंह।

आइपिएलको जारी सिजन अगाडि क्रिकेट फ्यानबिच त्यति परिचित नरहेका उनको टिम सिजनबाट आउट भए पनि उनी भने क्रिकेट प्रेमीको मस्तिष्कमा बस्न सफल भए।

उनी यो सिजनमा कोलकाताका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी त भए नै जतिखेर पनि जित्न असम्भव खेल जिताउन सक्ने खेलाडीको परिचय पनि बनाए।

टिममा मध्यक्रममा रहेका उनले अन्तिम ओभरतिर प्रतिस्पर्धी टिमको प्रशंसकको मुटुको धड्कनै रोकिने गरी ब्याटिङ गर्थे।
उनले कोलकाताका लागि १५२.५० को औसतमा ३०५ रन बनाएका थिए।

उनको स्ट्राइक रेट १७४.२८ थियो। चार अर्थ शतक पूरा गर्दा २० चौका अनि २२ छक्का हाने। उनको वेस्ट स्कोर शनिवार नट आउट ६७ रनै रह्यो।

यस अगाडिको उनको रन हेर्ने हो भने पिबिकेएससँगको खेलमा चार बलमा चार रन बनाएका थिए। जिटीसँगको खेलमा २१ बलमा ४८ रन लिए।

यसैगरी एसआरएचसँगको खेलमा ३१ बलमा ५८, सिएसकेसँग ३३ बलमा ५३, पिबिकेएससँग १० बलमा २१, सिएसकेसँग ४३ बलमा ५४ र एलएसजीसँगको खेलमा ३३ बलमा ६७ रन बनाए।

अधिकांश खेलमा उनी नट आउटै रहे। सबैभन्दा राम्रो स्कोर ६७ नै बन्यो।

६ जेठ, २०८०, ०१:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।