अब हरिण, मृग र बँदेल पाल्न पाइने

अब हरिण, मृग र बँदेल पाल्न पाइने

काठमाडौंः सरकारले कालिजजस्तै हरिण, बँदेल र मृगको समेत व्यावसायिक पालन गर्न दिने तयारी गरेको छ।

सरकारको नीति तथा कार्यक्रममै यस्तो व्यवस्था गरिएको छ। अहिले कालिजको व्यावसायिक पालन गर्न पाइन्छ।

त्यसैको अनुशरण गर्दै अन्य वन्यजन्तुको पनि व्यावसायिक पालन खुला गर्न लागेको हो। 

नीति तथा कार्यक्रममा कृषि¸ पर्यावरण र प्रकृति पर्यटनको प्रवर्द्धन गरिने उल्लेख छ।

'सामुदायिक वन, फलाउनेछ धन' अभियानअन्तर्गत यसै वर्षदेखि सामुदायिक वनक्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रूपमा हरिण, मृग, बँदेल, कालिज जस्ता वन्यजन्तु र पन्छीहरूको नियन्त्रित व्यावसायिक पालन सुरु गरिने उल्लेख छ।

५ जेठ, २०८०, २१:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।