चेन्नेईले आइपिएलमा १६ करोडमा किनेको बेन बिचैमा इंग्ल्याण्ड फर्कँदै

चेन्नेईले आइपिएलमा १६ करोडमा किनेको बेन बिचैमा इंग्ल्याण्ड फर्कँदै

काठमाडौँ : इन्डियन प्रिमियर लिगका लागि चेन्नेई सुपर किङग्सले १६.२५ करोडमा किनेको इंग्ल्याण्डका खेलाडी बेन स्टोक्स स्वदेश फर्कँदै छन्।

चेन्नेई प्लेअफमा पुग्छ या पुग्दैन एकिन भइसकेको छैन। २० मे मा दिल्ली क्यापिटल्सको विरुद्धको खेलको नतिजा पछि नै प्लेअफको निर्णय हुनसक्छ।

चेन्नेई प्लेअफमा परे पनि बेन इंग्ल्याण्ड फर्कने छन्।

अलराउन्डर बेनलाई चेन्नेईले पनि प्राय बेन्चमै राखेको छ। १६ औँ शृङ्खलामा उनले जम्मा दुई म्याच खेलेका छन्। एक म्याचमा सात र अर्कोमा आठ रन लिए।

एक ओवर बलिङमा १८ रन दिएका थिए।
इंग्ल्याण्डमा १६ जुनबाट एसेज् सिरिज आयोजना हुँदैछ। उनी त्यसैको तयारीका लागि स्वदेश फर्कन लागेका हुन्।

एक जुनमा आयरल्यान्डसँग टेस्ट म्याच छ। उनी त्यसमा कप्तानको भूमिकामा रहनेछन्। उनको स्वास्थ्य अवस्थाबारे भने इंग्ल्याण्डमा समेत चासो देखिन्छ। उनी आइपिएलको मैदानमा भन्दा बढी बेन्चमा बस्दा उनको स्वास्थ्य अवस्थाबारे प्रश्न पनि उठिरहेका छन्।

२ जेठ, २०८०, २३:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।