शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत

शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो : प्रवक्ता महत

काठमाडौं : अर्थमन्त्ती एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भएको टिप्पणी गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गरेर महतले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको टिप्पणी गरे।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको साबित गर्छु भनेको जानकारी दिँदै उनले मिडिया र सामाजिक सञ्जालमा यो विषयमा लाई धेरै उछाल्नु आवश्यक नभएको तर्क गरे।

त्यस्तै उनले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।

देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्यूरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनको आग्रह छ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने बारे पार्टीले फलो नगरेको र गर्ने विषय पनि नभएको महतले बताए।

२ जेठ, २०८०, १४:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।