अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु भएका चार जनाको सामुहिक अन्त्येष्टि

अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु भएका चार जनाको सामुहिक अन्त्येष्टि

बुटवल : अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने चार जनाको सामुहिक अन्त्येष्टि गरिएको छ।

भूमिकास्थान नगरपालिका-२ निवासी मृतक ३५ वर्षीय पदम बेल्बासे, ७२ वर्षीय पिताम्बर भुसाल,५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधब बेल्बासेको बिहीबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा सामुहिक रूपमा अन्त्येष्टि गरिएको हो।

पदम र पिताम्बरको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम र माधबको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते २५ वर्षीया संगिता बेल्बासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ।

मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीले जनही ५० हजारका दरले राहत उपलब्ध गराएको छ। यस्तै भूमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

आगलागीमा परि मृत्यु भएका ४ जनाको सामुहिक अन्त्येष्टिका लागि बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा १ हजार भन्दा बढी नागरिक सहभागी थिए।

२८ बैशाख, २०८०, १५:४९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।