चेन्नेई सुपर किङग्सका बलरका अगाडि दिल्ली निरीह, २७ रनले हार्‍यो

चेन्नेई सुपर किङग्सका बलरका अगाडि दिल्ली निरीह, २७ रनले हार्‍यो

काठमाडौँ : चेन्नेई सुपर किङग्सका बलरका अगाडि दिल्लीका ब्याट्सम्यान निरीह बन्दै २७ रनले जित सुम्पिए।

शून्य रनबाट विकेट झर्न थालेको दिल्लीको हारको यात्रा रोकिएन। एकपछि अर्को विकेट गिर्दा इन्डियन प्रिमियर लिगको ५५ औँ  खेलमा जित निकाल्न सकेन।

यो जितसँगै ध्वनिको टिम प्लेअफमा एक कदम अगाडि बढेको छ।

चेन्नेईको यो सातौँ जित हो। यो जितसँगै १५ अङ्क बनायो। दिल्लीले १६८ को लक्ष्य पनि पूरा गर्न सकेन। २० ओभर सकिदा आठ विकेट गुमाएर १४० रन मात्र बनायो। 

टस जितेर ब्याटिङ रोजेको चेन्नेईको सुरुवात राम्रो भएन।  ५० रनभित्रै दुवै ओपनर आउट भए। डेवोन कान्वे १० रनमै आउट भए।

ऋतुराज गायकवाड पनि २४ रनमै आउट भए। मोइन अलि सात रनमै आउट भए। अजिक्य रहाणे २१ रनमै आउट भए।

शिवम् दुबेले राम्रो सुरुवात गर्दै १२ बलमा २५ रन लिए। तर लामो समय टिक्न सकेनन्। रवीन्द्र जडेजा २१ अनि ध्वनि २० रनमै आउट भए।

दिल्लीको हालत झन् खराब भयो। २५ रन पुग्दा तीन विकेट गइसकेको थियो।

कुनै ब्याट्सम्यान जम्न नसकिरहेको बेलामा अक्षर पटेल आए। उनले १७५ स्ट्राइक रेटमा रन बनाए। तर १२ बलमा २१ रन बनाउँदा नै आउट भए।

२७ बैशाख, २०८०, ००:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।