सूर्यकुमारको ब्याटिङ अगाडि टिक्नै सकेन बैंगलोर, ३५ बलमै ८३ रन !

सूर्यकुमारको ब्याटिङ अगाडि टिक्नै सकेन बैंगलोर, ३५ बलमै ८३ रन !

काठमाडौँ : इन्डियन प्रिमियर लिगको १६ औँ संस्करणमा सबैभन्दा सफल टिम देखिएको मुम्बई इन्डियन्सले च्याम्पियन टिम जस्तै शानदार खेल खेलेर रोयल च्यालेन्जर्स बैङलोरलाई छ विकेटले हरायो।

आइपिएलको ५४ औँ खेल जितेसँगै मुम्बई ११ खेलमा छ खेल जितेर अङ्क तालिकामा तेस्रो नम्बरमा पुगेको छ। हारसँगै बैंगलोर सातौँ नम्बरमा आइपुग्यो।

बैंगलोरले २०० रनको चुनौती दिएको थियो जुन सहजै पूरा भयो। यस अगाडिको हारको बदला पनि लियो।

मुम्बईको जितमा सूर्यकुमार यादवको धुवाँदार ब्याटिङ महत्त्वपूर्ण भयो। उनले ३५ बलमै ८३ रन बनाए।

हारे पनि फाप डु प्लेसिसले सूर्यकुमारको प्रशंसा गर्दै  उनी जस्तो ब्याट्सम्यान जुन टिममा हुन्छ त्यो टिम सधैँ खुसी नै रहने बताएका थिए। नेहाल बढेराले ३४ बलमा ५२ रन बनाएर जित सहज बनाए।

२६ बैशाख, २०८०, ००:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।