टप फाइभ : आरजुलाई तोसिमाको प्रश्नदेखि विदेशबाट फर्किनेले दुई माेबाइल ल्याउँदा दुई शर्त पूरा हुनुपर्नेसम्मको प्रसङ्ग

टप फाइभ : आरजुलाई तोसिमाको प्रश्नदेखि विदेशबाट फर्किनेले दुई माेबाइल ल्याउँदा दुई शर्त पूरा हुनुपर्नेसम्मको प्रसङ्ग

काठमाडौं : मंगलबार संघीय संसदमा बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भयो। छलफलका क्रममा दलगत रुपमा सांसदहरुले आ–आफ्नो सुझाव दिए। बैठक सुरु हुने बेला सांसदहरु धेरै नै भए पनि अन्त्यसम्ममा अन्यन्तै कम मात्रै सांसद् बैठकमा सहभागी थिए।

आजै एमालेको सचिवालय बैठक बस्यो। बैठकले आगामी वैशाख २८ गतेदेखि काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नुका साथै भुटानी शरणर्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने निर्णय गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई इंकित गर्दै भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ भनेर प्रश्न गरेकोबारे समाचार प्रकाशित गर्यो
पूरा समाचारः आरजुलाई तोसिमाको प्रश्न– भ्रष्टाचारमा लिङ्ग जोडिन्छ? अडियो काण्डमा अनुसन्धान माग गर्दा कसरी महिला हिंसा भयो?

उकेराले आजै नियमित स्तम्भमा चौथो अंग प्रकाशित गर्यो। जसमा नयाँ पत्रिकामा काम गर्दै आएका सुरक्षा मामिला पत्रकार नवराज मैनालीको पत्रकारिताको अनुभव र सुधार गर्नुपर्ने ठाउँहरूको बारेमा आफ्ना भनाइ राखे।
पूरा समाचारः प्रहरीको प्रवक्ताजस्ता भयौँ सुरक्षा बिटका पत्रकार

उकेराले आजै कोरोना भाइरस पेन्डामिकबाट इन्डामिकका रूपमा परिणत हुन थालेको समाचार प्रकाशित गर्यो। कोरोना भाइरस अब रैथाने रोग बनेको र त्यसलाई यसले हामीलाई बेला–बेलामा दुःख दिइरहने जोखिम रहेकोे भनाइसमेत प्रस्तुत गर्यौं
पूरा समाचारः रैथाने बन्दै कोरोना महामारी, आपतकाल हट्यो तर जोखिम उस्तै

त्यसैगरी, क्कली भुटानी शरणार्थी प्रकरणमा आफूनिकट व्यक्तिविरुद्ध कारबाही प्रक्रिया रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफल सकारात्मक नभएपछि एमाले अध्यक्ष केपी शर्मा ओली चिढिएको समाचार छाप्यौं।
पूरा समाचारः नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डसँग किन रिसाए ओली!

अन्त्यमा उकेराले सरकारले विदेशबाट आउँदा ल्याउने दुईवटा मोबाइलको भन्सार नलाग्ने निर्णय गरेकोबारेमा समााचार लेख्यो। समाचारमा त्यसका दुई शर्तसमेत राखेको विषय समेटिएको छ।
पूरा समाचारः दुई वटा मोबाइलको भन्सार नलिने सुविधामा दुई शर्त

२६ बैशाख, २०८०, २२:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।