आरजुलाई तोसिमाको प्रश्नः भ्रष्टाचारमा लिङ्ग जोडिन्छ? अडियो काण्डमा अनुसन्धान माग गर्दा कसरी महिला हिंसा भयो?

आरजुलाई तोसिमाको प्रश्नः भ्रष्टाचारमा लिङ्ग जोडिन्छ? अडियो काण्डमा अनुसन्धान माग गर्दा कसरी महिला हिंसा भयो?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई इंकित गर्दै भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ भनेर प्रश्न गरेकी छिन्।

तोसिमाले मंगलबार (आज) बसेको संसद बैठकमा भुटानी शरणार्थी प्रकरणमा बाहिरीएको टेप काण्डको बारेमा उल्लेख गर्दै सो प्रश्न गरेकी हुन्।

उनले भनिन्, ‘एक महिला माननीय सांसदज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भ्रष्टाचारी मात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ, अपराध भएको छ। कारबाही हुनुपर्छ।’

भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणले साढे ८ करोड लिएको एक अडियो बाहिरिएको थियो। यसपछि यस अडियो टेप काण्डको अनुसन्धान माग गर्दा आरजुले महिला हिंसा भएको गुनासो गरेकी थिइन। 

‘यो सदन देश निर्माणको छलफल गर्ने ठाउँ हो कि एक भष्ट्राचारीले अर्को भष्ट्राचारीलाई जोगाउने स्थल हो?’ भुटानी शरणार्थी प्रकरणमा तोसिमाले थप प्रश्न गरिन्।

‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने काममा देशका ठूला ठूला नेता संलग्न भएको कुरा बाहिर आइरहेको छ। पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ,’ उनले भनिन्, ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने? अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने? अनि के मुखले अनुदान माग्न जाने?’

यो पनि

नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

भ्रष्टाचारमा मुछिएपछि आरजुले भनिन्, 'एउटा नारीले राजनीति गर्दा पुरुषहरूलाई सह्य भएन'

 

२६ बैशाख, २०८०, १२:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।