कक्षा १२ को परीक्षा आजदेखि, साढे चार लाखभन्दा बढी विद्यार्थी सामेल हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, साढे चार लाखभन्दा बढी विद्यार्थी सामेल हुँदै

काठमाडौं : कक्षा १२ को परीक्षा मंगलबार (आज) देखि सुरु हुँदैछ। देशभर रहेका एक हजार ४५७ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म परिक्षा सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष चार लाख ६७ हजार विद्यार्थीहरुले परीक्षा दिन लागेका छन्। परीक्षा जेठ ५ गतेसम्म चल्नेछ।

यसपालि ५६ हजारभन्दा बढी विद्यार्थी भने ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन्। उनीहरूले कम नम्बर आएको विषयको मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन्।

वैशाख २६, २०८० मंगलबार ०७:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।