हारी सकेको खेल पनि जित्यो कोलकाताले, हैदरावाद हिस्स

हारी सकेको खेल पनि जित्यो कोलकाताले, हैदरावाद हिस्स

काठमाडौँ : सनराइजर्स हैदरावादको मुखैमा पुगेको जित कोलकाता नाइट राइडर्शले जितेको छ।

अन्तिम ओभरमा नौ रन भए खेल हैदरावादको पोल्टामा आउँथ्यो। तर कसिलो बलिङका कारण तीन रन मात्र बन्यो। हारी सकेको खेल कोलकाताले पाँच रनले जित्यो।

इन्डियन प्रिमियर लिगको ४७ औँ खेलमा कोलकाताले हैदरावादलाई एक सय ७२ को लक्ष्य दिएको थियो। लगभग हैदरावाद लक्ष्य नजिक पुगेको पनि थियो।

अन्तिम ओवरको छ बलमा नौ रन आए सहजै खेल हैदरावादले जित्थ्यो। त्यति असम्भव पनि हैन छ बलमा नौ रन।

अन्तिम ओभरमा बलिङ गर्न आए वरुण चक्रवर्ती। पहिलो दुई बलमा दुई रन मात्र दिए। तेस्रो बलमा विकेट गयो। अब तीन बलमा सात रन चाहियो। चौथो बलमा रन बनेन। पाँचौँ बलमा एक रन।

अब खेलको अन्तिम बल तर छक्का चाहिने। तर डट भयो। खेल कोलकाताको पक्षमा गयो।

हैदरावादका खेलाडी हेरेको हेर्यै भए।
कोलकाताले ब्याटिङ गर्दा ३५ रनमै तीन विकेट गइसकेको थियो। क्याप्टेन नितिश राणा र रिंकु सिंहको जोडिले चौथो विकेटसम्म ६१ रनको साझेदारी खेलेर स्कोर सम्हालेका थिए। नितिशले ३१ बलमा ४२ रन बनाए।

उता सिंहले ३५ बलमा ४६ रन हानेका थिए।  यही स्कोरको बलमा टिम २० ओवरमा नौ विकेट गुमाएर १७१ को स्कोरमा पुग्यो।

हैदरावादले १० ओभरमा ७५ रन हानिसकेको थियो। विकेट चार वटा गएको थियो। १४ ओभरमा १२४ पुग्यो।

छैटौँ विकेट जाँदा १४५ को स्कोर भइसकेको थियो। तर मुख्य खेलाडी आउट भइसकेका थिए।

१५२ स्कोर पुग्दा सात विकेट पुगेको थियो। १९ औँ ओवरमा १२ रन बनाए। २० औँमा नौ रन बनाउन सकेनन्।

२१ बैशाख, २०८०, ००:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।