बाटोछेउमा रहेको घरमा आएर ट्रक ठोक्कियो, १२ वर्षीय बालकसहित ३ जनाको मृत्यु

बाटोछेउमा रहेको घरमा आएर ट्रक ठोक्कियो, १२ वर्षीय बालकसहित ३ जनाको मृत्यु

तनहुँः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर-५ आँधीखोलानजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । 

मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ । 

जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किँएको थियो। 

ट्रकको ठक्करबाट घाइते भएका बन्दीपुर–१ बस्ने वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र वर्ष ५ का सन्तोष भुजेलको उपचार भइरहेको छ । 

दुर्घटनाको विषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। 

२० बैशाख, २०८०, १७:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।