अस्ट्रेलिया पठाउने भन्दै ३० लाख ठगेको आरोपमा २५ वर्षिया युवती पक्राउ

अस्ट्रेलिया पठाउने भन्दै ३० लाख ठगेको आरोपमा २५ वर्षिया युवती पक्राउ

काठमाडौँ : अस्ट्रेलिया पठाउने प्रलोभनमा पारेर ३० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी धरान उपमहानगरपालिको-१३ घर भई हाल काठमाडौँ महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई बिहीबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई अस्ट्रेलिया पठाइदिने भन्दै पटक-पटक गरेर ३० लाख ठगी गरेकी थिइन्।  प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।

१४ बैशाख, २०८०, २३:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।