चितवन र तनहुँमा भारी मतले जितेपछि रास्वपाको निर्देशनः अब निष्क्रिय हुने छुट छैन

चितवन र तनहुँमा भारी मतले जितेपछि रास्वपाको निर्देशनः अब निष्क्रिय हुने छुट छैन

काठमाडौंः चितवन र तनहुँमा फराकिलो जित निकालेपछि रास्वपाले प्राप्त सफलतापछि निष्क्रिय हुने छुट नभएको भन्दै पार्टी संगठन विस्तारमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन जारी गरेको छ। 

आज एक विज्ञप्ति जारी गर्दै रास्वपाका महामन्त्री मुकुल ढकालले अहिलेको सफलतासँगै पार्टी निर्माण गर्दै राष्ट्र निर्माण गर्ने राष्ट्रिय दायित्व आफूहरूसामु आएको उल्लेख गरेका छन्। 

 'जनमतले गरेको अपेक्षाअनुरुप हामी निरन्तर क्रियाशील रहनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः पार्टीको संगठन विस्तारको कार्यलाई यथाशीघ्र अगाडि बढाउनु हुन सम्पूर्ण पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरू र पार्टी सदस्य साथीहरुलाई हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शुभेच्छुकहरू पार्टी निर्माण प्रक्रियामा सहयोगी भइदिनुहुनसमेत अपिल गर्दछौं।’

रास्वपाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्र पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गरी समितिमा रही काम गर्न चाहनेहरूका लागि आवेदन दिन पनि भनेको छ। 

वैशाख ३१ गतेसम्म आवेदन दिन मिल्ने विज्ञप्तिमा जनाइएको छ।  

वैशाख १३, २०८० बुधबार २०:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।