इजरायलमा रोजगारीको प्रलोभनमा पारेर ३८ लाख ठगेको आरोपमा हरिकला पक्राउ

इजरायलमा रोजगारीको प्रलोभनमा पारेर ३८ लाख ठगेको आरोपमा हरिकला पक्राउ

काठमाडौँ : इजरायल पठाउने भन्दै ३८ लाख ठगी गरेको आरोपमा हरीकला दाहाल पक्राउ परेकी छिन्। उनलाई उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनीमाथि दीपक दाहाल समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि इजरायलमा पठाउने प्रलोभनमा पारेर पीडितहरूबाट पटक पटक गरेर ३८ लाख रकम लिएर सम्पर्क विहीन भएको आरोप लागेको छ।

उनीबारे वैदेशिक रोजगार विभागबाट कार्यालयमा पक्राउ गरेर उपस्थित गराउन आएको पत्र अनुसार विशेष प्रहरी टोलीले मङ्गलवार दिउस साढे २ बजे चाबहिलबाट पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ। प्रहरीले उनलाई मङ्गलवारै वैदेशिक रोजगार विभाग बुझाएको छ।

१२ बैशाख, २०८०, १९:३२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।