अब यो देश युवाले हाँक्छन्- रवि लामिछाने

अब यो देश युवाले हाँक्छन्- रवि लामिछाने
फाइल तस्बिर

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देश हाँक्ने जिम्मा युवापुस्ताको भएको बताएका छन्। 

लोकतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमा शुभकामना दिँदै चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछानेले अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ रहेको लेखेका छन्। 

यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहुति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु- ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?' उनले फेसबुकमा लेखेका छन्। 

व्यवस्था सुध्रिए पनि नागरिकको अवस्था नसुध्रिएको उनले तर्क गरेका छन्।

'यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन्' उनले लेखेका छन्।  
 

वैशाख ११, २०८० सोमबार १३:३०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।