सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश, महानगरसँग समन्वय गर्न सरकारको गम्भीर ध्यानाकर्षण

सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश, महानगरसँग समन्वय गर्न सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौैं : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर आदेश पाएको मितिले तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हाे।

सिंहरदरबार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री निवासमा थुप्रिएको फोहोर उठाई अविलम्ब बिसर्जन गर्न सर्वोच्चले महानगरलाई आदेश दिएको हो।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए।

यस्तै इजलासले महानगरपालिकाको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ। निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो भन्नेबारेमा १५ दिनभित्र लिखित जवाफ पठाउन भनेको छ।

त्यसैगरी, इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई महानगरसँग आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याउनसमेत गम्भीर ध्यानाकर्षण गराएको छ।

८ बैशाख, २०८०, २०:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।