साढे २ करोडको कोकिनसहित समातिए केन्याली र भारतीय नागरिक

साढे २ करोडको कोकिनसहित समातिए केन्याली र भारतीय नागरिक

काठमाडौँ : लगभग २ करोड बजार मूल्य पर्ने २ किलोग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरोले वैशाख ५ गते भारतीय नागरिक रवीन्द्रकुमार परासर र केन्याली नागरिक पिलिसिला बाङ्गा दिरितुलाई पक्राउ गरेको  हो।

उनीहरू नेपाल आएर ठमेलको अलगअलग होटेलमा बसेका थिए। उनीहरूलाई प्रहरीले होटेलबाटै पक्राउ गरेको जानकारी दिएको छ।

केन्याली नागरिक पिलिसिलाले भारतीय नागरिक रवीन्द्रकुमारलाई १ किलो ८० ग्राम कोकिन दिएको प्रहरीको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ। केन्याली नागरिक कोकिन बोकेर नेपाल आएको र भारतीय नागरिक सो कोकिन लिन नेपाल आएको प्रहरीको दाबी छ।

उनीहरूबाट बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख पर्ने प्रहरीको दाबी छ।

७ बैशाख, २०८०, २०:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।