बाढीले विस्थापित विद्यालय २३ वर्षपछि बल्ल पुनःस्थापना

बाढीले विस्थापित विद्यालय २३ वर्षपछि बल्ल पुनःस्थापना

नवलपरासी : नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका-२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय २३ वर्षपछि आएर मात्र पुनःस्थापना भएको छ।

सीतापुरमा रहेको  जनतासिद्ध निम्न माध्यमिक विद्यालय वि.सं. २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो। उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको हो। 

नारायणीमा आएको बाढीले वस्ती कटान र डुबान गरेपछि वस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो। विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे।

विसं २०२६ मा स्थापना भएको जनतासिद्ध निमावि वि.सं. २०५७ को बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो।

३ बैशाख, २०८०, ११:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।