कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

सुर्खेत : एमालेका मन्त्रीहरूले कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन्। एमालेबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन्।

एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका छन्।

माघ ६ गते र चैत १७ गते एमालेले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। अब कर्णाली प्रदेशमा काँग्रेस र माओवादीको सरकार बनाउने तयारी छ। सरकारको नेतृत्व कसले अगाडि लिने भन्ने विषयमा भने सहमति भएको छैन।

२६ चैत, २०७९, १८:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।