सिस्नो टिप्न गएका दिदीबहिनीकै शव भेटिएपछि सातजना प्रहरीको नियन्त्रणमा

सिस्नो टिप्न गएका दिदीबहिनीकै शव भेटिएपछि सातजना प्रहरीको नियन्त्रणमा

रुकुम : एकै घरका दिदीबहिनीको हत्या भएको आशंकामा रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।

पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो।

एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्।

दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीको छ।

२६ चैत, २०७९, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।